फोटो प्रतियोगिता आयोजना गर्दै सेना, गैरसैनिकले पनि भाग लिन पाउने

नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। विगत वर्षमा आयोजना हुँदै आएको प्रतियोगिताको निरन्तरतास्वरूप प्रतियोगिताको नयाँ संस्करण ‘नेपाली सेना फोटो प्रतियोगिता–२०७९’ आयोजना हुन लागेको हो।

नेपाली सेनाका विविध गतिविधिहरूलाई फोटोहरूको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यअनुरूप नेपाली सेनाले आन्तरिक रूपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ। त्यसैको निरन्तरतास्वरूप यस वर्ष प्रतियोगिताको अर्को संस्करण सञ्चालन हुने भएको हो।

गत वर्षबाट यस प्रतियोगितामा गैरसैनिक व्यक्तिहरूलाई पनि सहभागी गराउन थालिएको छ।

उक्त प्रतियोगितामा सहभागी हुनका लागि आवश्यक फोटो तथा विवरणहरू गैरसैनिक व्यक्तिको हकमा मंसिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेजभित्र रहेको लिंक https://www.nepalarmy.mil.np/ मा अपलोड गर्नुपर्नेछ। प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्विरहरूलाई मात्र समावेश गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

फोटो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोहरूले सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः नगद ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाउनेछन्।

त्यसबाहेक सैनिकतर्फका ७ र गैरसैनिकतर्फका २ गरी जम्मा ९ वटा थप उत्कृष्ट फोटोहरूलाई सान्त्वना पुरस्कारस्वरूप नगद १० हजार रुपैयाँ प्रदान गरिने सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर