चिनियाँ उपमन्त्री ली काठमाडौंमा

चीनका संस्कृति तथा पर्यटन उपमन्त्री ली क्युन नेपाल आइपुगेका छन्। २०७२ को महाभूकम्पपछि चीनको सहयोगमा निर्माण भएका र भइरहेका सम्पदा अवलोकन गर्न उनी शुक्रबार नेपाल आइपुगेका हुन्।

शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका उपमन्त्री शनिबार बिहान वसन्तपुर पुगेका छन्। हनुमानढोका क्षेत्रमा चिनियाँ सहयोगमा भइरहेको सम्पदा पुनर्निमाणका कार्यहरूको अवलोकन गर्न उनी त्यहाँ गएका हुन्।

नेपाल प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा रहेको निर्णायक समयमा नेपाल आएका चिनियाँ उपमन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतले भने उनको भ्रमण राजनीतिक नरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *