आउँदो निर्वाचन अग्रगमन र प्रतिगमन कुन रोज्ने भन्ने जनमतसंग्रह हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन्।

प्रतिगामी र अवसरवादी तत्त्वहरुले फेरी मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो ।

शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरी प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रर्दशन गर्नुपर्ने धारणा राखे। निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमतसंग्रहको रुपमा अथ्र्याउँदै उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वाससमेत व्यक्त गरे।

‘आउने मंसिर ४ गतेको प्रदेश र संघको निर्वाचनमा हामीले फेरि प्रतिगमनले टाउको उठाउन नसक्ने गरी नेपाली जनताले एकताको प्रर्दशन गर्नुपर्नेछ । र, नेपाली जनताको त्यो एकताको प्रर्दशन जसरी १२ बुँदे सम्झदारी र विस्तृत शान्ति सम्झौंता, संविधान जारी गर्दा जसरी हामीले एकता प्रर्दशन गरेको थियौं, त्यसैगरी आउने मंसिर ४ गतेको निर्वाचनमा पनि देशभरिका जनताले गठबन्धनको नेतृत्व अन्तरगत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्याधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरी राजनीतिक दुर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्त्वहरु पूरै पराजित हुनेछन्,’ उनले भने।

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर पनि गरे। उनले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नुपरेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर