उपलब्धिको रक्षा, आर्थिक विकास र समृद्धिका लागि गठबन्धन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताएका छन्। तनहुँ जिल्लाको व्यास नगरपालिका–९ मा आइतबार आयोजित कार्यकर्ता भेटघाटमा उनले पाँच दलीय गठबन्धन अपरिहार्य रहेको, देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे।

जिल्लाको विकासमा हिजो सत्तामा रहँदा र नरहँदा देश र जिल्लाको विकासमा लाग्दै आएको र आउँदा दिनमा पनि काम गर्ने स्पष्ट पारे। कहीँकतै विचलित नभई गठबन्धन शक्तिलाई जिताउनुपर्नेमा उनले जोड दिए। उनले भने, “अधुरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्ने वाचा गर्छु।”

सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि गठबन्धन गरिएको स्पष्ट पारे। गाउँका युवा शक्तिलाई बिदेसिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसरको ढोका खोलेर आर्थिक क्रान्ति गर्ने लक्ष्य रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर