राप्रपा नेपालका प्रतिनिधि सभा उम्मेदवार कांग्रेस प्रवेश

राप्रपा नेपाल पाल्पाका अध्यक्ष तथा पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार खडानन्द गैरे सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेसमा प्रवेश गरेपछि आफूले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने गैरेले बताए। ‘कांग्रेसको आदर्शलाई मानेर मेरो समर्थन गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई रहनेछ’ गैरेले भने।

पार्टी प्रवेश गरेका गैरेलाई नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सदस्यता प्रदान गरे। कांग्रेसमा प्रवेश गरेका गैरेलाई उचित जिम्मेवारी दिइने श्रेष्ठले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर