कांग्रेसकाे निर्वाचन परिचालन समितिमा सदस्य थप

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिले आज मकवानपुरका राजकुमार जीएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) पार्टीका पूर्वउपसभापति श्रेष्ठलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *