गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का पदबाट बर्खास्त भएका छन्।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ।

गण्डकी प्रदेश सभा क्षेत्र नम्बर २ को (ख) मा टिकटको आकांक्षी रहेका खड्काले टिकट भने पाएनन्। सो क्षेत्रमा कांग्रेसबाट कानूनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन्। खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ।

यसअघि गत २२ कात्तिकमा मुख्यमन्त्री पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए। उनले पनि गृहजिल्ला गोरखामा गठबन्धनका उम्मेदवारलाई हराउन लागेको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर