नक्कली मतपत्रसहित पर्साबाट भारतीय नागरिक पक्राउ

प्रहरीले नक्कली मतपत्रसहित पर्साबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ।

१५ हजार थान नक्कली मतपत्रसहित मंगलबार अपराह्न सवा ३ बजे जगरनाथपुर गाउँपालिका–२ दसौतास्थितबाट भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन्।

भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र साथमा लिएर आएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर