युवा संघ गोदावरी-१३ का अध्यक्ष पारस केसी कांग्रेस प्रवेश

नेकपा एमालेको भातृ संस्था युवा संघ नेपाल, गोदावरी नगरपालिका वडा नं. १३, ललितपुरका अध्यक्ष पारस केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बुधबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले केसीलाई कांग्रेस प्रवेश गराएका हुन्।

युवा संघ अध्यक्ष केसीसहित समीर खड्का र रञ्जन विष्ट पनि कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस नेता राणा ललितपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

युवादेखि वृद्धसम्मको शुभेच्छा र आशीवार्द आफूलाई प्राप्त भइरहेकाले आफ्नो जित सुनिश्चित रहेको राणा बताउँछन्।

युवा तथा स्वच्छ छविका राणा कांग्रेसका आशलाग्दा युवा हुन्। पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका राणाले तेस्रोपटक ललितपुर–१ बाट उम्मेदवारी दिएका हुन्। उनी संविधान सभाको दोस्रो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर