प्रतिगमन परास्त, भ्रष्टाचार अन्त्य र समृद्ध नेपालका लागि गठबन्धनलाई मत दिनुस् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमतसग्रहको रूपमा टिप्पणी गरेका छन्।

बुधबार एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई सक्रियतापूर्वक मतदानमा सहभागी हुन र देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन्।

अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट व्यवस्था बदलेको भए पनि वर्ग, क्षेत्र, महिला, आदिवासी र जनजातिलगायतले प्राप्त गरेको अधिकार कार्यान्वयन गर्न बाँकी रहेकाले गठबन्धनको जित जरुरी रहेको बताएका छन्।

उनले सन्देशमा भनेका छन्, “शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ । हामीलाई यही अवस्थामा रुमल्लिने छुट छैन ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफ्नो सन्देशमा विकास, समृद्धि र न्यायको यो यात्राको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव नभएको उल्लेख गर्दै यसका लागि परिवर्तनकारी शक्तिले नै सरकारको नेतृत्व गर्न जरुरी रहेको बताएका छन्।

“प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको निर्माणमार्फत समाजवादको यात्रामा अगाडि बढ्न प्रत्यक्षतर्फ देशैभरि गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ गोलाकारभित्रको हँसिया हतौडा चिह्नमा मदतान गर्न हार्दिक अपिल गर्दछु”, सन्देशमा दाहालले भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर