‘समर्पण एपीएफ मासिक’ पत्रिका विमोचन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उत्कृष्ट ढंगले जिम्मेवारी वहन गर्न निर्वाचनमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हल्चोकमा बिहीबार ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचन गर्दै उनले सो निर्देशन दिएका हुन्।

निर्वाचनमा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय रहने बताउँदै उनले निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी कर्मचारीहरू जुन ठाउँमा परिचालित भए तापनि आ–आफ्नो ठाउँबाट उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह भनेका हुन्।

उनले संगठनमा भएका गतिविधिहरूका बारेमा सकलदर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरू जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका संगठनका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको भएको बताए।

महानिरीक्षक अर्यालले प्रधान कार्यालयदेखि फिल्ड लेबलमा भएका कामकारबाहीहरू समावेश गरी मासिक पत्रिका प्रकाशन गरिने भएको हुँदा सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण कर्मचारीहरू यसबाट संगठनका क्रियाकलापका बारे समयमै जानकार हुने विश्वाससमेत व्यक्त गरे। उनले संगठनको यस उपलब्धि र प्रयासलाई भविष्यमा अझै बढी स्तरीय बनाउँदै लगिने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर