आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन्। सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक विकास भएमात्र समृद्धितर्फ अग्रसर हुने बताए।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले यस क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

विसं २०७४ को निर्वाचनमा आफूले जनतासमक्ष गरेको प्रतिबद्धता ८० प्रतिशत पूरा गरेको उनले दाबीसमेत गरे। गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित हुने र विकास निर्माणलाई प्राथमिकता दिने उनले बताए।

बाढी र डुबानको समस्या, सिँचाइ, सुकुम्बासी समस्या, कोसीटप्पु वन्यजन्तु आरक्षको समस्यालाई सदाका लागि अन्त्य हुनेगरी काम गर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर