नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिक पक्राउ

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा ४४ जना भारतीय नागरिक पक्राउ परेका छन्।

नेपाल र यूएईबीचको एकदिवसीय खेलमा अनलाइन लाइभ सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

भारतमा दर्ता रहेका विभिन्न अनलाईन साइटहरूमार्फत व्यावसायिक रूपमा अनलाइन सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई जुवा ऐनअन्तर्गत कारबाही गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

शुक्रबारको निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको सानदार अर्धशतकसँगै नेपालले यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–ले जितेको छ।

अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो।

त्रिवि क्रिकेट मैदानमा गत सोमबार भएको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार दोस्रो खेल ३ विकेटले जितेको थियो।

घरेलु मैदानमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला हासिल गरेको पहिलोपल्ट हो। यसअघि गत वर्षको चैतमा पपुवा न्युगिनीविरुद्धको पहिलो घरेलु एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले गुमाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर