बर्दियामा बन्दुकसहित तीन जना पक्राउ

बर्दियामा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका–२ सिमलघारी बस्ने ५२ वर्षीय रत्नबहादुर राना, ६२ वर्षीय प्रेमबहादुर मल्ल र ५५ वर्षीया लालमाया पुन रहेका छन्।

हातहतियार लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना रम्मापुर चेकपोष्ट समेतबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।

खानतलासीका क्रममा रत्नबहादुरको घरबाट भरुवा बन्दुक १ थान, प्रेमबहादुरको घरबाट बाह्रबोरको बन्दुक १ थान र सोही बन्दुकको नाल १ थान, रतुवाको सिङ र खुर तथा लालमायाको घरबाट भरुवा बन्दुक १ थान बरामद भएको छ।

उनीहरूलाई थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर