आमनिर्वाचन-२०७९

निर्वाचनको विरोधमा आयोगको कार्यालय अगाडि प्रदर्शन गर्ने ६ जना पक्राउ

भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको विरोधमा निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ परेका छन्।

रामशाहपथस्थित निर्वाचन आयोगको कार्यालय नजिकै निर्वाचन बहिष्कारको माग गर्दै नाराबाजीसहित प्रर्दशनमा उत्रिएका मोहन वैद्य ’किरण’ निकट नेकपा (क्रान्तिकारी माओवादी) का प्रदर्शनकारी पक्राउ परेका हुन्।

उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त दरबारमार्गमा राखिएको प्रहरीले जनाएको छ।

क्रान्तिकारी माओवादीले भोलि हुने निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर