आमनिर्वाचन-२०७९

कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन विजयी

नेपाली कांग्रेसले आमनिर्वाचन–२०७९ मा विजयी सुरुआत गरेको छ।

मुस्ताङमा नेपाली कांग्रसेका प्रतिनिधि सभा उम्मेदवार योगेश गौचन विजयी भएका हुन्। निर्वाचन अधिकृतकाे कार्यालयले यसकाे औपचारिक घोषणा भने गर्न बाँकी छ।

२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्।  गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्।

उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्।

थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र जिल्ला सदस्य हुँदै उनी मुस्ताङबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।

याेगेशसँग पराजित एमालेका तुलाचनले २०७  को चुनावमा याेगेशका बुबा राेमीलाई पराजित गरेका थिए। यसपल्ट याेगेशले तुलाचनसँग बुबाकाे हारकाे बदलासमेत लिएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर