एमालेका ऐनबहादुर महरलाई हराउँदै बझाङमा नेकपा (एस) विजयी

बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणनामा उनी नौ सय ९८ मतान्तरले निर्वाचित भएका हुन् । उनले २८ हजार एक सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ऐनबहादुर महरले २७ हजार एक सय ४५ मत गरेको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले बताए ।

प्रदेशसभा (१) बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले तीन हजार सात ७६ मतान्तरले विजयी भएका छन् । उनले १७ हजार एक १३ मत प्राप्त गरे । एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार तीन ३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *