सिरहा १ मा एमालेका रामशंकर यादव विजयी

सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्।

यादवले कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराएका हुन्।

यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्याएका छन्।

यस्तै जनमत पार्टीका उम्मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार महतोले ३७९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रामकुमार यादवले ३०४ मत पाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *