निर्वाचन सफल बनाएकोमा डीआईजी राणाले दिइन् मातहतका निकायलाई धन्यवाद

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वच्छ तवरले सम्पन्न गराएकोमा निर्वाचन सुरक्षार्थ खटिएका प्रहरी र म्यादी प्रहरीलाई धन्यवाद व्यक्त गरेकी छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन-सम्बोधनका क्रममा डीआईजी राणाले सबैसँगको समन्वय र सहकार्यमा निर्वाचन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेकी हुन्।

उनले आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप ऊर्जाशील बनाउनका लागि सम्पूर्ण कार्यालयका प्रमुखहरूले आवश्यकताअनुसार समसामायिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिनुपर्ने बताइन्।

मानवअधिकार तथा आर्थिक पारदर्शिताको सवालमा ‘शून्य सहनशीलता’को नीति अख्तियार गरेर प्रहरी कारबाहीलाई अगाडि बढाउन उनले निर्देशन दिइन्।

यस्तै उपत्यका प्रहरीको कामकारबाहीलाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना बनाएर कार्यन्वयन गर्न तथा नागरिकहरूसँग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न पनि उनले निर्देशन दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *