आमनिर्वाचन-२०७९

सुनसरी ४ काे मतगणना शुरू, सञ्चारमन्त्री कार्कीको अग्रता

शनिबारदेखि स्थगित सुनसरी ४ को मतगणना आजदेखि शुरू भएको छ । सुनसरी सदरमुकाम इनरुवा १ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना शुरू भएको हो ।

मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा छ सय छ मत थपेपछि विवाद सिर्जना भएको थियो । विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका उनले पुनः मतगणनाको माग गर्नु भए पनि सोमबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना शुरु गर्न निर्देशन दिएको थियो ।

आज बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सीसीटीभीको निगरानीमा मतगणना गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कार्कीले एक सय ६२ मतले अग्रता लिएका छन् ।

उनले २३ हजार सात सय ६६ मत प्राप्त गरेका छन् भने एमालेका तर्फबाट जगदीशप्रसाद कुसियैतले २३ हजार छ सय चार मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *