आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली

आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्।

सरकारले मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख मैनालीलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई निर्वाचनअघि नै महानिर्देशकको जिम्मेवारी दिने भनिएको थियो। तर, निर्वाचन आचारसंहिताका कारण केही ढिलाइ हुन पुगेको हो।

मैनालीलाई विभाग पठाएसँगै महानिर्देशक रितेश शाक्यलाई मन्त्रालय तानिएको छ ।

मैनालीले राजस्व अनुसन्धान विभागमा रहँदा अब्बल काम गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर