जियाङ जेमिन : जसले चीनलाई तीव्र विकास दिए

सन् १९८९ मा तियानमेन स्क्वायरको प्रदर्शन चीनको लागि सधैं अविस्मरणीय छ । त्यही प्रदर्शनपछि चीनको राजनीतिमा उदाएका थिए, पूर्वराष्ट्रपति जियाङ जेमिन, जसको ९६ वर्षको उमेरमा बुधबार निधन भएको छ । चीनलाई तीव्र विकास दिने र विश्व बजारमा चीनको ढोका खोल्ने नेताको रुपमा उनी परिचित छन् ।

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति भएका थिए । उनीपछि चीनमा हु जिन्ताओले शासकीय जिम्मेवारी सम्हालेका थिए । नेपालका राजाहरु वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहले पनि फरकफरक समयमा चीन भ्रमणको क्रममा त्यतिबेला राष्ट्रपति रहेका जियाङसँग भेटवार्ता गरेका थिए ।

जियाङ सन् १९९६ अर्थात् २० मंसिर २०५३ मा नेपाल आएका थिए । सन् १९८४ मा चीनबाट राष्ट्रपतिस्तरबाट नेपालको भ्रमण सुरु भएको थियो । ली सियन नियन नेपाल आउने पहिलो चिनियाँ राष्ट्रपति थिए । त्यसपछि जियाङ आएका थिए ।

चीनले हाल गरेको विकासको आधार जियाङको कार्यकालमा तयार पारिएको मानिन्छ । तियानमेनमा प्रदर्शनकारीमाथि कडा दमनपछि जियाङ सत्तामा आएका थिए, जसका कारण अन्तर्राष्ट्रिय जगत्ले पनि चीनलाई बहिष्कार गरेको थियो । यो घटनाले चिनियाँ कम्युनिस्ट पार्टीमा नै कट्टरवादी प्रतिक्रियावादी र सुधारवादीका पक्षधर गरी दुई धार देखिएको थियो ।

जियाङलाई तीन चुनौती थिए, पहिलो पार्टीमा देखिएको विवाद समाधान गर्ने, दोस्रो देशमा विरोध प्रदर्शन गर्ने र तेस्रो विकासको बाटोमा देशलाई हिँडाउने । उनी तीनै चुनौती पार गर्न सफल भए । पार्टीमा देखिएको दुई धारकै कारण जियाङको उदय भयो । उनकै नेतृत्वमा चीनले तीव्र आर्थिक छलाङ मा¥यो, कम्युनिस्टहरुले सत्तामा आफ्नो पकड बनाए र विश्वशक्ति राष्ट्रहरुको सूचीमा आफूलाई उभ्यायो ।

उनले सन् १९९७ मा हङकङलाई बेलायतबाट चीनलाई शान्तिपूर्ण हस्तान्तरण गराउन सफल भए भने सन् २००१ म विश्वव्यापार संगठनमा पनि प्रवेश गरे, जसले चीनको अर्थव्यवस्थालाई विश्वसँग जोड मद्दत पुर्‍यायो । तर, सन् १९९९ मा धार्मिक सम्प्रदाय फालुन गोंगमाथिको दमनका कारण भने उनी आलोचित भए, जसका कारण चिनियाँ कम्युनिस्ट पार्टी नै खतरामा परेको थियो ।

जियाङ सन् २००४ देखि सत्ता छोडिदिए पनि शक्तिशाली नेताको रुपमा भने कायम रहिरहे । उनकै कारण वर्तमान राष्ट्रपति सी चिनफिङको उदय भएको मानिन्छ, जसले २०१२ देखि चीनको सत्ता सम्हालिरहेका छन् । सी जियाङकै आर्थिक उदारीकरण र कडा राजनीतिक नियन्त्रणको सिद्धान्तबाट प्रभावित छन् ।

जियाङ सुरुमा संक्रमणकालीन नेताको रुपमा देखिएका थिए । तर, चिनियाँ कम्युनिस्ट पार्टीका नेता डेंग चियानपिंगले उनलाई देश र पार्टीलाई सँगसँगै अगाडि बढाउने अभिभाराका लागि तयार गरेका थिए । त्यसमा उनी सफल पनि भए । १३ वर्षसम्म पार्टीको महासचिव र देशको राष्ट्रपतिको रुपमा उनले चीनमा पूँजीपति वर्गलार्य स्वागत गरे, विश्व व्यापार संगठनमा सहभागी भएर विदेशी लगानी ल्याई चीनलाई आर्थिक समृद्धि दिए ।

सुरुवातमा एउटा साबुन कारखाको प्रबन्धक रहेका जियाङले आफनो कार्यकालपछि केन्द्रीय सैन्य आयोगको अध्यक्षको रुपमा आफ्नो प्रभाव राख्ने प्रयास गरे । तर, सरकारलाई विभाजित गर्न खोजेको आरोप लागेपछि उनले सो पद छोडे । उनी पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टीको ७० औं वार्षिकोत्सवको अवसरमा तियानमेनमा वर्तमान राष्ट्रपति सीसँगै देखापरेका थिए ।

जियाङको जन्म १७ अगस्ट १९२६ मा चीनको समृद्ध पूर्वी सहर यंघाईमा भएको थियो । उनको आत्मकथाका अनुसार जियाङ मध्यमवर्गीका परिवारका थिए । सांघाईको जियाओतोंग विश्वविद्यालयबाट सन् १९४७ मा मेसिनरी विषयमा स्नातकपछि उनी राज्यनियन्त्रित साबुन कारखानामा काम गर्थे । त्यसपछि सांस्कृतिक क्रान्ति लगायतमा हिस्सा लिँदै उनले राजनीति सुरु गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर