बैतडीमा म्यादी महिला प्रहरीको हत्या, आरोपी सशस्त्र प्रहरीका जवान

प्रहरीले बैतडीमा म्यादी महिला प्रहरीको हत्यामा सशस्त्र प्रहरी बल, नेपालका जवानको संलग्नता रहेको आशंका गरेको छ । बुधबार बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

युवती पञ्चेश्वर गाउँपालिका–४ का धनी लुहारकी २१ वर्षीया छोरी माया लुहार भएको खुलेको छ ।

मायाको शव बुधबा। दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटिएको आवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

स्थानीय १५ वर्षीया नेहा लुहार भने गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियारले प्रहार भएको छ । घाइते बालिकाले प्रहरीमा दिएको प्रारम्भीक बयान अनुसार घटनामा सशस्त्र प्रहरी बलमा कार्यरत स्थानीय संलग्न रहेका छन् ।

आरोपी फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

आरोपी र मृत्तकबीच पछिल्लो डेढ महिनामा चिनजान भएको अनुमान गरिएको छ । घाइते अवस्थामा भेटिएकी नेहालाई भने उपचारका लागि धनगढी लगिएको बैतडी प्रहरीले जनाएको छ । फरार आरोपीको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर