आमनिर्वाचन-२०७९

सुनसरी ४ मा ११२ मतान्तरले सञ्चारमन्त्री विजयी

सुनसरी क्षेत्र नं. ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। कडा प्रतिस्पर्धाका बीच नेपाली कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका उम्मेदवार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई हराएका हुन्।  ११२ मतान्तरले कार्की भएका हुन्। कार्कीले ३० हजार ४ सय ८३ मत पाउँदा कुसियैतले ३० हजार ३ सय ७१ मत पाए ।

कार्की साे क्षेत्रबाट दाेस्राे पटक निर्वाचित भएका हुन्। २०७४ को निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर