महोत्तरीमा भोट नदिएको भन्दै एमाले सांसद महतो समर्थकले घरघरमै पुगेर कुटे जनता

महोत्तरीको गौशालास्थित निगौल गाउँमा नेकपा एमालेका कार्यकर्ताले घरघरमै पुगेर जनता कुटेका छन्। सो जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतोलाई चुनावमा भोट नदिएको भन्दै आफूहरूमाथि निर्घात कुटपिट गरिएको स्थानीयले बताएका छन्। कुटपिटबाट ७ जना घाइते भएका छन्।

मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन्। निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राति बस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन्।

आफूहरूलाई मार्ने उद्देश्यसहित लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडा अध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसेर गठबन्धनमा भोट किन हालेको भन्दै खोजी खोजी कुटिएको स्थानीयको भनाइ छ।

कुटपिट गर्नेहरूको पहिचान खुलाएर पीडितले प्रहरीमा निवेदन दिर्एका छन्। तर, प्रहरीसमेत मूकदर्शक बनेको पीडितको गुनासो छ।

घटनापछि कुटिने डरले आफूहरू रातभर जागै बस्ने गरेको स्थानीयले बताएका छन्।

यसैबीच मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले निगौलमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन्। स्थानीयसामु गृहमन्त्री साहले निगौलवासीको सुरक्षाका लागि प्रशासनलाई निर्देशन दिइसकेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *