सेनानी रूपक राईको नेतृत्वमा २०३ जना नेपाली शान्ति सैनिक मिनुस्का मिशन प्रस्थान

नेपाली सेनाले मध्य अफ्रिकी गणतन्त्रमा शान्ति स्थापना कार्यका लागि नेपाली शान्ति सैनिकको टोली पठाएको छ।

कालीजंग गण लाइट इन्फन्ट्री बटालियन पहिलो डफ्फाको पहिलो टोलीका २०३ जना नेपाली शान्ति सैनिक सेनानी रूपक राईको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेका हुन्।

मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिशन (मिनुस्का)मा तैनाथ हुन उक्त टोली बुधबार मिशन इलाका गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले शान्ति स्थापना कार्यका लागि विश्वका विभिन्न द्वन्द्वरत मुलुकहरूमा नेपाली शान्ति सैनिक पठाउँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर