राजदूत पौडेलले पेस गरे मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र, दिए नेपाल भ्रमणकाे निम्ताे

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

क्वालालम्पुरस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाहसमक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए। ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धबारे कुराकानी गरेका थिए।

सो अवसरमा द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितबारे छलफल भएको थियो। राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू लागिपर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश व्यक्त गरेका थिए। राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा गरे।

राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताए। सो अवसरमा मलेलिया र नेपालमा हालै भएको आमनिर्वाचनबारे समेत कुराकानी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर