नवलपरासी पूर्वमा जीप दुर्घटना, दुई जनाको मृत्यु, सात गम्भीर घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा जीप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जीप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । बिहीबार साँझ साढे ५ बजे भएको दुर्घटनामा जीप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जीपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *