भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा घट्ला ?

भारतीय आयल कर्पाेरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । कर्पोरेसनबाट निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेर आएको छ ।

नयाँ मूल्यले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको निगम स्रोतले जनाएकाे छ। नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुनेछ ।

नयाँ मूल्यअनुसार डिजेलको मूल्य ११ रुपैयाँले घटेको प्राप्त भएको छ भने पेट्रोलमा १३ रुपैयाँ र मट्टितेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा छ ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २७७ रुपैयाँ नोक्सानी रहेको रहेको निगमले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *