संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता : शशांक कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार बन्ने बताएका हुन्।

‘केन्द्र सरकार मात्र होइन गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ,’ नेता कोइरालाले भने, ‘स्थायी सरकारले मात्र मुलुकलाई निकास दिने भएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ।’ उनले पाँच वर्षसम्म गठबन्धनको सरकार रहे मात्र देश समृद्धिमा जान सहज हुने बताए।

‘महिलालाई ३३ प्रतिशत भनिएको भए पनि राजनीतिमा भने लागू नभएकाले त्यसर्फ ध्यान दिनुपर्ने देखियो,’ उनले भने, ‘महिलालाई कुनै कोटाबाट नभइ स्वतस्फूर्त रुपमा अगाडि बढाउन सक्दो प्रयास गर्नेछु।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबी गरे। उनले गण्डकी प्रदेशमा गठबन्धनको बहुमत रहने हुँदा यही गठबन्धन कायम रहने बताए।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विष्णुकुमार कार्कीले जनताका सेवा तथा विकास कार्यमा पन्छिन नहुने बताउँदै भने, ‘जनताले आफ्नो अमूल्य मत दिएर जनप्रतिनिधि भएपछि पार्टीको कुरा गरेर मात्र हुँदैन। निष्पक्ष भएर समग्र जनताको सेवा र विकास गर्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर