डेढ दशकअघिको विस्फोटक पदार्थ सेनाद्वारा व्यवस्थापन

तनहुँको दमौलीमा तैनाथ कालीभञ्जन (ई) ले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा ग्रिनेडलाई सुरक्षित स्थानमा व्यवस्थापन गरेको छ ।

सैनिक टोली स्थानीय गोरी ढकालको जग्गामा २०६३ सालतिर तत्कालीन विद्रोहीहरुले जमिन मुनि लुकाइराखेको विस्फोटक पदार्थ व्यवस्थापन गरेको हो । कालीभञ्जन गण (ई) बाट सहसेनानी विशाल थापाको नेतृत्वमा मंसिर ११ मा खटिएको ६ जनाको दक्ष जनशक्ति सहितको टोलीले विष्स्फोटक पदार्थ व्यवस्थापन गर्न सुरु गरेको छ ।

उक्त ग्रिनेड गाड्ने नारायण अधिकारीले नै जग्गा धनीलाई जानकारी गराएपछि हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न माछापुच्छ्रे गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय कास्र्कीले नेपाली सेनालाई अनुरोध गरेको थियो ।

सेनाले विगतको २० वर्षे द्वन्द्वको समयमा देशका विभिन्न स्थानमा विद्रोही पक्षले बिछ्याएका मानहरु हटाउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर