सैनिक विशेष अदालतको प्रधानसेनापति शर्माले गरे निरीक्षण

प्रधान सेनापति महारथी प्रभुराम शर्माले जंगीअड्डास्थित सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । गत साताको निरीक्षणको क्रममा उनले अदालतको इजलास, न्यायाधीश कक्ष, रजिष्ट्रारको कार्यालय र अन्य कार्यालयहरुको निरीक्षण गरेका थिए ।

प्रधानसेनापति शर्मालाई सेना प्राड विवाकका प्रमुख, प्राड उपरथी रत्नप्रकाश थापाले विशेष अदालतको काम कारबाहीबारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी, रक्षासचिव किरणराज शर्मा, बलाध्यक्ष सीताराम खड्कासमेत सहभागी थिए ।

जंगी अड्डा, सभामण्डपस्थित पशुपति कक्षलाई सैनिक विशेष अदालतको इजलासको रुपमा स्तरोन्नति गरी हुँदै आएकोमा हाललाई सेना प्राड विवाक कार्यालयसँगै अर्को भवनको दोस्रो तल्लालाई स्तरोन्नति गरी सञ्चालन गर्न लागिएको हो ।

यसैबीच, सैनिक विशेष अदालतको लागि छुट्टै भवन बनाउने तयारी समेत भइरहेको प्राड विवाकले जनाएको छ । सैनिक विशेष अदालतले सैनिक व्यक्ति संलग्न भ्रष्टाचार र चोरी सम्बन्धी कसुरको सुरु कारबाही र किनारा गर्ने जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसलामाथि परेको पुनरावेदनको सुनुवाइ गर्ने विशेष अधिकार पाएको छ ।

उक्त अदालतमा उच्च अदालत ललितपुरका न्यायाधीश अध्यक्ष, रक्षासचिव र सेना प्राड विवाकका प्रमुख सदस्य रहेन व्यवस्था छ । अदालतको इजलास प्रत्येक साताको बिहीबार बस्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर