कांग्रेसले भन्यो- ‘अन्तर्घातीलाई पुस १५ भित्र कारबाही गर्नू’

नेपाली कांग्रेसले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई पुस १५ भित्र कारबाही गर्न निर्देशन दिएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय अनुशासन समितिले निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार हराउन अन्तर्घात गर्नेलाई कारबाही गरेर पुस १५ भित्र त्यसको विवरण केन्द्रमा पठाउन जिल्ला र प्रदेश अनुशासन समितिलाई निर्देशन दिएको हो।

जिल्ला र प्रदेश अनुशासन समितिमा परेका उजुरीका आधारमा विधिवत निर्णय गरी कारबाही गरेर त्यसको जानकारी केन्द्रलाई गराउन कांग्रेसले निर्देशन दिएको हो।

जिल्ला वा प्रदेश अनुशासन समिति गठन नभएको भए गठन गर्नसमेत कांग्रेसले निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर