नेप्से परिसूचकमा सामान्य वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ ।

आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज बैंकिङ समूह नौ दशमलव ४१, विकास बैंक समूह एक दशमलव ६१, वित्त समूह नौ दशमलव ९४ र उत्पादन समूह १३ दशमलव ४० अंकले घटेको छ ।

वृद्धि देखिएका उपसूचकमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक एक सय ८३ दशमलव ३६ र निर्जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ६९ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूहको उपसूचक ४४ दशमलव ५३, लघुवित्त समूहको उपसूचक १६ दशमलव ३५, व्यापार समूहको उपसूचक १५ दशमलव ४४ र अन्य समूहको उपसूचक १० दशमलव ८५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचक तीन दशमलव ९८ अंकले, लगानी समूहको उपसूचक शून्य दशमलव ४४ अंकले र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव ०८ अङ्कले बढेको छ ।

आजको कारोबारपछि सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ दशमलव ११ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको १९ करोड ८० लाख ६७ हजार चार सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ भने सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ४८ हजार ७७ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *