थप एकताबद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

सत्तारूढ गठबन्धनमा आबद्ध चार दलले आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेका छन्।

चुनावी समीक्षा र सरकार गठनबारे छलफल गर्न सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निर्णय भएको जनाएका छन्।

विज्ञप्तिमा आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर एकताबाद्ध भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष सत्ता गठबन्धन दलले निालेका छन्। मुलुकका सामु विद्यमान चुनौतीहरूको सामाना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी देखिएको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको र ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *