दामोदर र प्रीतिले ल्याए नयाँ लोकगीत ‘चौंरी गाईको घिउले’

गायक दामोदर भण्डारी र गायिका प्रीति आलेको आवाजमा नयाँ लोकगीत ‘चांैरी गाईको घिउले’ बजारमा आएको छ। बिहीबार काठमाडौंको अनामनगरस्थित सिलौटो क्याफेमा एक कार्यक्रम आयोजना गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीतमा दामोदरकै शब्द र संगीत रहेको छ। गीतमा संगीत संयोजन कृष्ण विक ‘भान्जा’ले गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका छन्।

गीतको भिडियोमा लोमस शर्मा, विजय पुन, रुबिना अधिकारी र जुनु एसडीको अभिनय छ। अजय रेग्मीको छायांकन रहेको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्।

कार्यक्रममा बोल्दै गायक दामोदरले अहिले सार्वजनिक गीतलाई यसअघिको ‘छुर्पी चौंरी गाईको’ गीतको भाग २ को रूपमा ल्याइएको बताए।

भिडियोका निर्देशक काजिशले भिडियो राम्रो बनाउनका लागि आफ्नो टिमले निकै मिहिनेत गरेको र यसलाई दर्शकले रुचाउने अपेक्षा रहेको बताए।

कार्यक्रममा गायिका प्रीति भने अनुपस्थित थिइन्।

हेर्नुहाेस् भिडियाे :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *