सेनाको अधिकृत क्याडेट र सैन्य पदको भर्ना प्रक्रिया स्थगित

नेपाली सेनाको सैन्य पद र अधिकृत क्याडेड पदको भर्ना प्रक्रिया स्थगित भएको छ । सेनाका अनुसार यी पदको परीक्षा पुनः सञ्चालन गरिनेबारे एक सातामा अर्को सूचना जारी गरिनेछ ।

सेनाले आर्थिक वर्ष २०७९/०८० को रिक्त पदपूर्ति गर्न भर्ना प्रक्रिया सञ्चालन गरिरहेको थियो । त्यसका लागि गत २४ भदौमा सैन्य पदको विज्ञापन गरिएको थियो भने ३१ भर्दामा सि.सं. ६४ अधिकृत क्याडेड/सि.सं. ४ स्नातक अधिकृत क्याडेट पदको भर्ना प्रक्रियाका लागि विज्ञापन गरिएको थियो ।

तर, भर्ना प्रक्रियाका सम्बन्धमा थारु कल्याणकारिणी सभाका केन्द्रीय महामन्त्री प्रेमिलाल प्रसाद चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनले भर्ना प्रक्रियामा थारु समुदायलाई आरक्षणको व्यवस्था माग गर्दै दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि हाललाई भर्ना प्रक्रिया स्थगित भएको सेनाले जनाएको छ ।

‘सैन्य तथा अधिकृत क्याडेट पदका परीक्षाहरु पुनः सञ्चालन गर्ने सम्बन्धमा र सैन्य पदको नयाँ सम्पर्क मितिबारे कम्तीमा एक साताअगावै अर्को सूचना प्रकाशित गरी जानकारी गराइनेछ,’ सेनाको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर