ठगी गर्न साइबर ब्यूरोको ‘नक्कली’ फेसबुक पेज सिर्जना, एक किशाेर पक्राउ

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना किशाेरलाई प्रहरीले पक्राउ गरेको छ। चितवन रत्ननगर नगरपालिका वडा नं. ५, झुवानीटोलका १८ वर्षीय करण महतो पक्राउ परेका हुन्।

उनले सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेज बनाई दुरुपयोग गरेको ब्यूरोले जनाएको छ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सोमबार पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोका एसपी भाज्ञेन्द्रपुरुष ढकालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर