तीन बुँदे सहमति तत्काल कार्यान्वयन गर्न सरकारलाई विप्लव नेकपाको दबाब

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दबाब दिएको छ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो दबाब दिएका हुन्।मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ। वर्तमान सरकारले कानूनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको प्रवक्ता प्रकाण्डले बताए।

यता गृहमन्त्री खाणले पनि सो समस्या समाधान गर्न सरकार इमानदार र प्रतिवद्ध रहेको बताए।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गरी नेकपा शान्ति प्रक्रियामा आएको थियो। तर, सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *