प्रहरीका यी चार इन्स्पेक्टरको अख्तियारमा काज सरुवा

प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी निरीक्षकको काज सरुवा गरेको छ ।

मानवश्रोत विकास विभागले आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकोले प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा काज खटाइएको जनाएको छ ।

यसरी अख्तियारमा काज खटिनेहरुमा नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी, काठमाण्डौमा कार्यरत प्रनि रमेश लामा, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहेका संजीव सुवाल, जिल्ला प्रहरी कार्यालय, डोल्पाका दीपक महत क्षेत्री र प्रहरी वृत्त थानकोटमा रहेका सागर साह रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *