समानुपातिक सांसदको टुंगोसँगै सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ। यस्तै उसले समानुपातिक सांसदको नाम समेत टुंगो लगाएको छ ।

काठमाडौँमा पहिलो पटक बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले सार्वजनिक गरेका छन् ।

उनले कुन मन्त्रालय भन्ने नतोकी काम गर्न सक्ने मन्त्रालय लिन पार्टी तयार रहेको जानकारी सार्वजनिक गरेका हुन् । यस्तै सरकारको नेतृत्वका विषयमा अहिलेसम्म कसले निर्णय नभएको बताएका छन् ।

उनले आफुहरुका माग सम्बोदनगर्ने दससँग सहकार्य गर्ने समेत बताएका छन् ।

जनमतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सिट जितेको छ। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ। सो पार्टीले समानुपातिकमा चार सिट पाएको छ।

पहिलो पटक चुनावमा सहभागी भएको जनमतले प्रतिनिधि सभामा ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको छ।

सो आधारमा निर्वाचन आयोगले जनमतलाई ४ सिट दिएको छ। पार्टीले क्लस्टर अनुसार नाम छानेको छ ।

जसमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटा छन्।

निर्वाचन आयोगले समानुपातिक नाम पठाउन बुधबार पत्राचार गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *