एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ : विष्णु पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।

‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौं। त्यसैले हामी सरकारमा जाँदैनौं,’ उनले भने।

सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए।

सरकार दल विशेषको नहुने जनाउँदै रूपन्देही क्षेत्र नं २ का प्रतिनिध सभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रूपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे।

‘जसको नेतृत्वमा सरकार बने पनि हामी रूपन्देहीको विकासलाइ रोकिन दिँदैनौं। सुरु भएका योजना पूरा गरेर छोड्छौं,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर