ग्ल्यामरभन्दा अभिनयमा रुचि राख्छु : नम्रता सापकोटा

नेपाली चलचित्र ‘डेसान’ देशभर प्रदर्शनमा आएको छ । फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो ।

शुक्रबार साँझ दर्शकहरूसँगै चलचित्र हेरिसकेपछि कलाकारहरूले दर्शकहरूबाट राम्रो माया पाएको बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रा कुराहरू चाँडै फैलिने र महामारीजस्ता नराम्रा कुराहरू चाँडै फैलिने भन्ने कुरालाई चलचित्रमा देखाइएको बताइन् । उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको बताइन् । चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्ने र चाहेमा घर भत्काउन पनि सक्ने कुरालाई देखाइएको बताइन् । ग्ल्यामर आफ्नो ठाउँमा भए पनि आफूलाई अभिनय गर्दा मजा लाग्ने बताइन् । उनले चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतूहलता हुने बताइन् ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतको अभिनय छ । चलचित्रको मुख्य भूमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो । चलिचत्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ ।

पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र संवाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर