आमनिर्वाचन-२०७९

कुन दलले क-कसलाई सिफारिस गरे समानुपातिक सांसद ?

प्रतिनिध सभा  र प्रदेश सभाकाे समानुपातिक सांसदको सूची बुझाउने अन्तिम दिन आज दलहरूले सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएका छन् ।  प्रतिनिधि सभातर्फ कुन दलबाट को-को भए सिफारिस ?

नेपाली कांग्रेस

नेपाली कांग्रेसले समानुपातिकतर्फ संघीय सांसदको टुंगो लगाएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट समानुपातिकमा सिफारिस भएका उम्मेदवारबाट ३२ जनाको नाम टुंगो लगाएको हो ।

समानुपातिकतर्फ २९ महिला र तीन जना पुरुषको नाम टुंगो लगाएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । तीन पुरुषमा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशशरण महतको नाम छ । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो ।

यी हुन् समानुापातिक सांसद छानिएकाहरू :

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय

२. लिलादेवी बोखिम

३. सिता कुमारी राना

४. सुशीला थिङ

५, सपना राजभण्डारी

६ माया राई

७. कुसुम थापामगर

८ मनोरमा सेरचन

खस आर्यतर्फ

१. अम्बिका बस्नेत

२. सरिता प्रसाईं

३. आरजु राणा देउवा

४. ईश्वरी न्यौपाने

५. प्रतिमा गौतम

६. मञ्जु खाँण

७. रमा कोइराला पौडेल

८. कान्तिका सेजुवाल

९. मैना रावल कार्की

मधेसीतर्फ

१. नागिना यादव

२. मुक्ता कुमारी यादव

३. चन्दा चौधरी

४. संगिता मण्डल

५. निनुकुमारी कर्ण

दलिततर्फ

१. शान्ति विक

२. रुपा विक

३. सीता मिजार

४. आशा विक

थारुतर्फ

१ कल्पना चौधरी

२. विना कुमारी थनेत

मुस्लिमतर्फ

१ जावेदा खातुन् जागा

तीन जना पुरुषमा

१. जीवन परियार

२. विमलेन्द्र निधि

३. प्रकाशशरण महत

नेकपा एमाले

नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ ३४ सांसदको सूची तयार गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना समानुपातिक सांसद चयन गरेको हो । यसरी चयन हुनेमा

नामावली-

आदिवासी जनजाति

पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फ

पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिला : मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारु : आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित  : ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी  : गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम  : सराज अहमद खान

नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातितर्फ सांसदको नाम टुंगो लगाएको छ । केन्द्रले १४ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

माओवादीले खसआर्यमा हितराज पाण्डे, विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्माको नाम सिफारिस गरेको छ । यस्तै आदिवासी जनजातितर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाएको छ ।

यता, मधेसीमा मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाएको छ । मुस्लिम महिलामा भने कल्पना मियाँको नाम सिफारिस गरेर आयोग पठाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ।

समानुपातिक मतअनुसार १३ सिट पाएको रास्वापाले १३ जना समानुपातिक सासंदको सूची तयार गरी निर्वाचन आयोगमा आयोगमा बुझाउन लागेको हो। पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।

यी हुन् रास्वपाका १३ समानुपातिक सांसद :

१. डा. ढाकाकुमार श्रेष्ठ (आदिवासी पुरूष)

२. डोलप्रसाद अर्याल (खस आर्य पुरूष)

३. असिम साह (मुस्लिम पुरुष)

४. मनिष झा (मधेसी पुरूष)

५. इन्दिरा रानामगर (आदिवासी महिला)

६. सुमना श्रेष्ठ (आदिवासी महिला)

७. अशोक चौधरी (थारु पुरुष)

८. तपेश्वर यादव (मधेशी पुरुष)

९. डा. चन्दा कार्की (खस आर्य महिला)

१०. निशा डांगी (खस आर्य महिला)

११. सन्तोष परियार (दलित पुरुष)

१२. कल्पना रोक्का (दलित महिला)

१३ . विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)

राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो ।

जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।

आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका राप्रपा स्रोतले जनाएको छ ।

प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउँथ्यो ।

खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेका पशुपति शमशेर जबराको नाममा विवाद थिएन । तर दोस्रो पुरुषमा आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका वुद्धिमान तामाङ, खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेका डा. प्रकाशचन्द्र लोहनी र मधेशी क्लस्टरको पहिलो नम्बरमा रहेका प्रल्हाद साहमध्ये को चयन हुने भन्ने विवाद थियो ।

कार्यसम्पादन समितिले तामाङको नाम चयन गरेको स्रोतको भनाइ छ ।

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए ।

जनमत पार्टी

जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ।

प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो।

पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र बसन्तकुमार कुशवाहा (मधेशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको छ।

त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत, अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), बसन्तकुमार कुशवाहा (मधेशी), हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी (आदिवासी जनजाति महिला) सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए।

नेपाल समाजवादी पार्टी

नेपाल समाजवादी पार्टीले समानुपातिक सासंदकाे  नाम पठाएको छ।

दुई दिन बसेको केन्द्रीय पदाधिकारीको बैठकले निर्वाचनको समिक्षा र वर्तमान राजनीतिबारे छलफल गरेको छ। योसँगै समानुपातिक सासंदहरूको नाम निर्वाचन आयोगमा पठाएको हो।

मधेशबाट प्रतिनिधित्व हुने गरी समानुपातिक तर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने पनि निर्णय गरेको हो। नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले यस निर्वाचनमा एकल चुनाव चिन्ह लिएको थियो। त्यसअनुसार यादवलाई माओवादी केन्द्रले समानुपातिक सासंद बनाएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर