आमनिर्वाचन-२०७९

एकीकृत समाजवादीले छान्याे प्रदेश सभाका ९ समानुपातिक सांसद

नेकपा एकीकृत समाजवादीले पार्टीमा ल्याएको मत अनुसार ९ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको छ । शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सूचीमा सूचीकृत मध्येबाट ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

जसअनुसार प्रदेश नं १ बाट विद्या चाम्लिङ राई सिफारिस भएकी छन् भने मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएकाे छ ।

साथै बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम सिफारिस भएको छ भने लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको छ । पार्टीले कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम सिफारिस गरेको छ ।

सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ । सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको बैठकले निर्वाचनको प्रारम्भिक समीक्षा गरी आगामी पुस ५ गतेभित्रमा सबै जिल्लाको निर्वाचन विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशनसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर