स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभार गेट नजिक स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

ना १ क १६१२ नम्बरको मोडर्न इन्डियन स्कुलको बसको ठक्करबाट मोटरसाइकल चालक बझाङको जयपृथ्वी नगरपालिका–५ घर भई सशस्त्र मुख्यालय, हल्चोकमा कार्यरत सशस्त्र प्रहरी जवान २९ वर्षीय सुवासचन्द्र रतलाको मृत्यु भएको हो।

बिहान ९:०५ बागमती एएए २९०८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका रतलालाई उपचारका लागि बयोधा अस्पताल, बल्खु लगिएकोमा बिहान १०:३२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

ठक्कर दिने बस र त्यसका चालक भारतको जम्मूकश्मीर घर भई ललितपुरको कुपण्डोल बस्दै आएका ५४ वर्षीय गुर्मिट सिंहलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर