‘ऐना झ्यालको पुतली’लाई भारतमा सर्वोत्कृष्ट फिल्मसहित चार विधामा अवार्ड

सुजित बिडारी निर्देशित नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ले भारतमा सर्वोत्कृष्ट फिल्मसहित चार विधामा अवार्ड जितेको छ।

नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी कमाएको र ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधातर्फ भाग लिएको यस चलचित्रले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितको हो।

सम्पादक किरण श्रेष्ठ, कञ्चन चिमरियाले अभिनेत्री र दिनेश खत्रीले अभिनेतातर्फ अवार्ड पाएका छन्।

दक्षिण कोरियाको बुसानमा प्रियिमर भएको फिल्मले यतिबेला अन्य मुलुकका फेस्टिभलमा समेत आफूलाई अघि बढाइरहेको छ। मौलिक भनिएका नेपाली फिल्महरू फ्लप भइरहेका बेला ‘ऐना झ्यालको पुतली’ सामान्य कथावस्तुमै पनि सुन्दर प्रस्तुतिका कारण धेरैले रुचाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर