संसद्का महासचिव गौतमले पठाए सर्वोच्चलाई जवाफ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धकाे महाभियोग निष्प्रभावी भएको पत्र दिएका संसद् सचिवालयका महासचिव भरतराज गौतमले आइतबार सर्वोच्च अदालतलाई जवाफ पठाएका छन्।

गौतमले दिएको पत्रमाथि सर्वोच्चको फुलकार्टले प्रश्न उठाएपछि उनले त्यसमा जवाफी पत्र पठाएका हुन्। तर, उनले पत्रमा फुलकोर्टले सोधेका प्रश्नको जवाफ भने दिएका छैनन्।

महासचिव गौतमले अन्तरिम आदेशमा सोधिएको प्रश्नको जवाफ र फुलकोर्टले सोधेको जवाफ एकैपटक दिने बताएका छन्।

सर्वोच्चको संवैधानिक इजलासले यसअघि गौतमको पत्र कार्यान्वयन नगर्न नै अन्तरिम आदेश दिइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर