नेप्से परिसूचकमा झन्डै ३२ अंकको गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३१.९७ अंक घटेर १८८५.३१ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २५३ कम्पनीको ३५ लाख १२ हजार कित्ता शेयर १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक २.३० प्रतिशत घटेको छ । त्यस्तै,विकास बैंक, फाइनान्स,जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्त र समिट लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । तर नाडेप लघुवित्तको शेयर मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्टको १० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर