रेशम चौधरीको रिहाइका लागि सरकारले ल्यायो छुट्टै अध्यादेश

सरकारले रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीसहितका दलहरूसँगको सहमति कार्यान्यवनका लागि छुट्टै अध्यादेश ल्याएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उन्मुक्ति पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनका लागि छुट्टै अध्यादेश ल्याउने निर्णय गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार उक्त अध्यादेश जारी भएपछि टीकापुर घटनाका आरोपी डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलगायत रिहाइ हुने बाटो खुल्ने छ।

नागरिक उन्मुक्ति र जनमत पार्टीलाई साथमा लिएर सरकार गठन गर्ने सत्ता गठबन्धन दलको प्रयास छ। जनमत सरकारमा सहभागी हुन सहमत भइसकेको छ भने नागरिक उन्मुक्तिले सहमति कार्यान्यवन भए मात्र सरकारमा सहभागी हुने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *